जयनाथ यादव, सिरहा । नवराजपुर गाउँपालिका १ मा बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा स्तरीय पोषण तथा खाध सुरक्षा निर्देशक समितिको गठन तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
नवराजपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष नविन कुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको गठन साथै पोषण सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो।
वडा स्तरीय पोषण तथा खाध सुरक्षा समिति उक्त वडामा रहेका बिभिन्न विषयगत शाखा प्रमुख तथा प्रतिनिधिहरुको सभागितामा ८ जनाको समिति निर्माण भएको छ जसमा वडा नम्बर १ का अध्यक्ष नविन कुमार यादव समितिका अध्यक्ष, वडा सचिव राम पुकार मंडल,वडा महिला सदस्य सिफैत देवी, दलित महिला वडा सदस्य निलम देवी दास स्वास्थ्य चौकी प्रमुख भुवनेश्वर शर्मा,महिला शिक्षक गुलजार कुमारी यादव, स्वास्थ्य स्वयंसेविका ममता कुमारी यादव, विधालय व्यवस्थापन समिति अध्यक्ष रामएकबाल यादव समितिका सदस्य भएका छन् ।
प्रभावकारी बहुक्षेत्रीय पोषण सेवा दिन हामिले घर घर गएर के केस्ता समस्याहरु गर्भवती महिलाहरुमा छन् खोजनुपर्छ र त्यो समस्यालाई समाधान गरेर मात्र वडालाई पुर्ण पोषणयुक्त वडा घोषणा गर्न सकिने वडा अध्यक्ष नविन कुमार यादवले बताए ।
कार्यक्रममा पोषणको महत्व, अवश्यकता तथा वडा स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको काम कर्तव्य र अधिकार र बहुक्षेत्रीय पोषण योजनाको औचित्य, आवश्यकताका बारेमा प्रशिक्षक तथा नवराजपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख संजिव कुमार यादवले प्रशिक्षण दिएको थियो भने कार्यक्रमको संचालन पोषण स्वयंसेविका शान्ति कुमारी यादवले गर्नुभएको थियो।