Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन | आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा ! | Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ | भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी | पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत | जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास | एसिया कपको उपाधि भिडन्त पनि वर्षाले प्रभावित, टस गरेपछि पर्‍यो पानी | मिटरब्याज सम्बन्धी छुटपुट निवेदन तत्काल दर्ता नगर्ने आयोगको निर्णय | एप्पल आइफोन १५ सार्वजनिक : के छन् विशेषता र ठुला परिवर्तन | मधेशका मुख्यमन्त्री यादवको चेतावनी– दंगा फैलाउनेले गोली खानुपर्छ |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

नक्कली शरणार्थी प्रकरण : लुकेका सचिव पक्राउ, बादल र पूर्व उपराष्ट्रपतिका छोरा विदेश फरार

टुडे खोज लेखक टुडे खोज
बैशाख २०, २०८०, ७:२२ PM
0
नक्कली शरणार्थी प्रकरण : लुकेका सचिव पक्राउ, बादल र पूर्व उपराष्ट्रपतिका छोरा विदेश फरार

काठमाडाैं । काठमाडौं प्रहरी परिसरले उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलाई नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको अभियोगमा बुधवार पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण गृहमन्त्री भएको समयमा उनी गृह मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए । उनी २०७८ साउनदेखि २०७९ असोजसम्म गृह सचिवको जिम्मेवारीमा थिए ।

अहिले नक्कली शरणार्थी प्रकरणमा उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरू गरेको हो । प्रहरीले मंगलवार बादलका सुरक्षा सल्लाहकार रहेका इन्द्रजित राईलाई पनि मंगलवार पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरूले ‘ठूला माछाहरू’को नाम ‘पोले’पछि उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेर पक्राउ गर्न थालिएको छ ।

इन्द्रजित पक्राउ परेपछि त्यो समयमा गृह मन्त्रालयसँग जोडिएका र भुटानी शरणार्थीसँग जोडिएका पहुँचवालाहरूको भागाभाग भएको छ । जिल्ला अदालत काठमाडौंले राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । उनीहरूले ५ करोड रुपैयाँ लिएको आरोप पक्राउ परेका दलालहरूले लगाएको प्रहरीले जनाएको छ ।

हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेलले ‘ठूला माछाहरू’को नाम पोलेका थिए । उनीहरूले दिएको बयानका आधारमा नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दिपविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ ।

काठमाडौंमा उनीविरुद्ध पक्राउ पुर्जीको समाचार आइरहेको समयमा सांसद् समेत रहेका रायमाझी अर्घाखाँचीमा सभामुख देवराज घिमिरेसँगैको कार्यक्रममा सहभागी थिए । उनले बुधवार साँझ काठमाडौं आउने तयारी गरेको स्रोतले लोकान्तरलाई बतायो ।

प्रहरी स्रोतका अनुसार रायमाझीलाई काठमाडौं आउने वित्तिकै सभामुखलाई जानकारी दिएर पक्राउ गर्ने तयारी गरिएको छ ।

पक्राउ पर्ने डरले बादलका छोरा र नन्दबहादुर पुनका छोरा विदेश किन भागे ?

२०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाल लगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुन विदेश गएका स्रोतले जनाएको छ ।

‘भुटानी शरणार्थी केश बाहिर आएपछि उनीहरू विदेश भागेको भन्ने खबर हामीले पाएका छौं,’ स्रोतले भन्यो ।

जिल्ला अदालत काठमाडौंले बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ भने अहिलेसम्म दिपेश पुनविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छैन । प्रहरीले उनीहरूविरुद्ध पनि सुक्ष्म रूपमा अनुसन्धान गरिरहेको जनाएको छ ।

भक्तपुरको रिसोर्टमा लुकेर बसेका थिए सचिव पाण्डे

उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी स्रोतका अनुसार उनी आफूविरुद्ध पक्राउ पुर्जी जारी हुने सुइँको पाएपछि घरबाट भागेर भक्तपुरमा रहेको एउटा रिसोर्टमा लुकेर बसेका थिए । प्रहरीले परिवारका सदस्यको सहयोगमा उनलाई पक्राउ गरेको स्रोतले लोकान्तरलाई बतायो ।

जिल्ला अदालत काठमाडौंले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

निलो कोट र सेतो सर्टमा हिरासतको बास

प्रहरीले पक्राउ गरेर ल्याउँदा सचिव पाण्डे निलो कोटमा सेतो सर्ट लगाएर उपस्थित भएका थिए । उनलाई काठमाडौं प्रहरी परिसरले अदालतबाट म्याद थप गरेर प्रहरी कार्यालयमा ल्याउँदा उनको अनुहारमा चमक हराएको देखिन्थ्यो । उनलाई बुधवार राति सिंहदरबार वृत्तको हिरासतमा राखिने भएको छ, जुन हिरासतमा यसअघि तत्कालीन सभामुख कृष्णबहादुर महरालाई राखिएको थियो ।

कसरी खुल्यो पोल ?

२०७८ सालको माघ–फागुनमा भुटानी शरणार्थी बनाएर पठाउने गिरोहको पैसा उठाउने नाइके मध्येका केशव दुलालले अपराध अनुसन्धान कार्यालयमा आफूहरू ठगिएको भन्दै उजुरी दिएका थिए । त्यो समयमा उनले नेपालका शक्तिशाली व्यक्तिहरूको नाम लिँदै दिएको उजुरीमा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान थालेको थियो ।

तर पछि केशव लगायत केहीविरुद्ध उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अपराध अनुसन्धान कार्यालयले गत चैत १३ गते ३ जनालाई पक्राउ गर्‍यो । त्यो समयमा ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको थियो । त्यो बेलामा ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङको शनिश्वरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ का ४५ बर्षीय टंककुमार गुरुङलाई सार्वजनिक गरिएको थियो ।

उनीहरूले १ जना व्यक्तिबाट १५–२० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो । लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङको शनिश्वरे पथरी नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरिएको थियो ।

वैशाख ६ गते थप १० जना दाङ, मोरङ, कास्की लगायतका जिल्लाका पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राई लगायते ठगी गरेको भन्दै उजुरी दिएका थिए । – लोकान्तर


सम्बन्धित समाचार

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

क्रिकेटर आशिफ शेखको घटना के हो ?

क्रिकेटर आशिफ शेखको घटना के हो ?

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

चिनियाँ राजदूत चेङ सोङ विरुद्ध राष्ट्रिय एकता अभियानको प्रदर्शन

राष्ट्रिय मुस्लिम आयोगद्वारा मुस्लिम समुदायको थर सुचिकृत

सर्लाही घटनामा मुस्लिम आयोगको चासो

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा रिहा गर्न आदेश, कोसँग कति धरौटी माग ?

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

बालेनले सामाजिक सञ्जालबाट हटाए ‘सिंहदरबार जलाइदिने’ स्टाटस

ताजा समाचार

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

आज शहिद मुरबलको २७ औं स्मृति दिवस, एमाले केन्द्रीय नेताहरू धनुषामा !

Mostbet: Spor ve Casino Bahisleri Türkiyede Giriş, Kayıt ve İndirme İmkanı Özgece Zeytin Yağ

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

भारतले शानदार तरिकाले जित्यो एशिया कपको उपाधी

20 Facts about Pashupatinath Temple

पशुपतिनाथ मन्दिर क्षेत्रमा तीजको तयारी पूरा, मूल मन्दिरको फोटो खिचे मोबाइल जफत

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

जिल्ला न्यायाधीशको २९ पदको परीक्षामा एक जनामात्रै पास

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध