५४ तोला सुनसहित दुई जना पक्राउ


काठमाडौं । विराटनगरमा ५४ तोला सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले दुई जनालाई सुनसहित पक्राउ गरेको डिआइजी राजेशनाथ बास्तोलाले जानकारी दिए ।

शुक्रबार दिउँसो साढे ३ बजे विराटनगर महानगरपालिका १५ स्थित रानीतर्फ जाँदै गरेको को २ च १४९५ नम्बरको भ्यानमाथि प्रहरीले चेक गरेको थियो । उक्त गाडीमा अवैध सुन र चाँदी भन्सार छलेर भारततर्फ लैजान लागेको भन्ने खबर प्रहरीले पाएको थियो ।

गोप्य सूचनापछि खटिएको टोलीले गाडीलाई रोकेर चेक गर्दा सुन, चाँदी र नगद फेला पारेको हो ।

भारत विहार कटिहार १७ दुर्गापुर बाराबजार बस्ने ६१ वर्षीय बिनोदकुमार मुरार र उनकी श्रीमती ५६ वर्षीया पुष्पा मुरारलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त गाडी पछाडि अन्दाजी ५४ तोला सुनका गरगहना र अन्दाजी साढे ६ किलो बराबरका चाँदीका भाडा बरामद गरेको हो ।

यस्तै उनीहरूबाट ७ लाख बढी भारू पनि बरामद भएको छ । थप अनुसन्धानको लागि उनीहरूलाई ईलाका प्रहरी कार्यालय रानी मोरङमा पठाएको छ ।

प्रकाशित : २०८० बैशाख २३, शनिबार १७:०८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ