काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी गर्जिए पुन: देश कब्जा हुने बताएका छन् ।
पार्टीको दलित संगठनले गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूहरुलाई ३२ सिटे भनेर ट्रोल बनाउने गरेको जिकिर गरे ।
‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने ।
नक्कली शरणार्थी बनाउने प्रकणमा जोडिएकाहरूले बडो व्यंग्य कसेर प्रचण्डको हालत हेर त भनेर खिस्सि गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘प्रचण्ड पुसको जाडोमा बिहान बिहान सडकमा बसेको छ भनेर भन्थे।सम्झिनु भएको छ तपाईंहरूलेरु त्यसको केही समयमा लाखौं मान्छे प्रतिगमनका विरुद्ध सडकमा आए। प्रतिगमनकारी परास्त भए, अनि नेपाली जनताको जीत भयो ।’