Breaking- भारतमा सैन्य विमान दुर्घटना


एजेन्सी । भारतको पश्चिमी राज्य राजस्थानमा विमान दुर्घटना भई एउटा घरमा खस्दा दुई जनाको मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सोमबार मिग–२१ सैन्य विमान दुर्घटना भएको हो । ‘पाइलटलाई सकुशल उद्धार गरिएको छ । मिग एउटा घरमा खस्यो । दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन्’, प्रहरी अधिकारी सुधीर चौधरीले भने ।

पश्चिमी राज्य राजस्थानमा भएको घटनाको विस्तृत विवरण सार्वजनिक हुन बाँकी छ ।

प्रकाशित : २०८० बैशाख २५, सोमबार १७:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ