राष्ट्रपतिको अवस्था स्थिर, सीसीयूमा राखेर उपचार हुँदै


काठमाडौं । मुटुमा पुन: समस्या आएर अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर अस्पतालमा उपचाररत राष्ट्रपति पौडेलको अवस्था स्थिर रहेको अस्पालले जनाएको हो ।

अस्पतालले मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना भएका राष्ट्रपतिको स्वास्थ्य अवस्था स्थिर रहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

मध्यरातमा त्रि बि शिक्षण अस्पताल महाराजगन्जमा पुर्‍याइएका राष्ट्रपति पौडेललाई बिहान ५ बजे नै मनमोहन कार्डियो भास्कुलर लगिएको स्रोतले बताएको छ ।

पौडेलको मुटुमा समस्या देखिएपछि २ बजे राति त्रिबि शिक्षण अस्पताल पुर्‍याइएको थियो ।अहिले उनको सीसीयूको क्याबिनमा राखेर उपचार भइरहेको स्रोतले बताएको छ ।

केही दिन अघि पनि मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएका थिए । उनी अघिल्लो महिना मात्रै भारतको नयाँदिल्लीमा उपचार गरी फर्केका थिए ।

प्रकाशित : २०८० असार २, शनिबार ११:०६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ