धनुषासहित १७ जिल्लामा दादुराको संक्रमण, १०२१ बिरामी भेटिए


काठमाडौं । देशभर दादुरा संक्रमणबाट १७ जिल्ला प्रभावित भएका छन् ।

परिवार कल्याण महाशाखाकाअनुसार कालिकोटमा पनि दादुरा संक्रमण पुष्टि भएसँगै दादुरा प्रभावित जिल्लाको संख्या १७ पुगेको हो ।

कालिकोटको खाँडाचक्र नगरपालिकामा दादुरा ९ जना दादुराका शंकास्पद बिरामी भेटिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा उनीहरुको स्वाब परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा ३२ जेठमा ४ जनामा बिरामीमा दादुरा पुष्टि भएको महाशाखाले जनाएको छ। उनीहरुको उमेर ६ महिनादेखि ३७ वर्षसम्म रहेको छ।

यसअघि यही आर्थिक वर्षमा मोरङ, सुनसरी, धनुषा, महोत्तरी, सर्लाही, चितवन, काठमाडौं, कपिलवस्तु, अर्घाखाँची, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र बाजुरा मा दादुरा प्रकोप देखिइसकेको छ।

महाशाखाकाअनुसार हालसम्म कुल १०२१ दादुराका बिरामी भेटिएका छन् र बाँकेको नेपालगञ्जमा दादुराबाट एक जनाको मृत्यु भएको छ ।

प्रकाशित : २०८० असार ४, सोमबार ११:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ