समाजवादी मोर्चासँग कोही नतर्सिए हुन्छ, नडराए हुन्छ : उपेन्द्र यादव


काठमाडौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सोमबार घोषणा भएको समाजवादी मोर्चाबाट कोही पनि नडराउन आग्रह गरेका छन् ।

समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सोमबार काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

यादवले यसअघि पनि विभिन्न गठबन्धन र मोर्चा बन्दै भत्किँदै गरेकाले आशंका भएको बताए। तर यो मर्चा निश्चित उद्धेश्य प्राप्तिका लागि बनाइएकाले लामो समय जाने दाबी पनि उनले गरे ।

‘यो मोर्चासँग कोही पनि तर्सिनु पर्दैन । यो कसैकाविरुद्ध लक्षित छैन। त्यसकारण कोही नतर्सिए हुन्छ’, उनले भने, ‘कोही साथीहरु मोर्चा घोषणाअघि नै बड्बडाइरहेका थिए। हामी देश र जनताको हितका लागि मुलुकमा अग्रमन र परिवर्तनका लागि अगाडि बढ्छौँ ।’

उनले यो मोर्चाले प्रतिगामीहरुसँग संघर्ष गर्ने पनि बताए । ‘प्रतिगमनकारी शक्तिहरु जसले मुलुकको परिवर्तन उल्ट्याउन लागेका छन् । उनीहरुविरुद्ध यो मोर्चा उभिनेछ’, उनले भने, ‘अरु शक्तिहरु नडराए हुन्छ ।’

प्रकाशित : २०८० असार ४, सोमबार १९:२०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ