जसपा नेपालको केन्द्रीय समिति बैठक जारी


काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)को केन्द्रीय समिति बैठक आज बसेको छ । विधान अधिवेशनको अन्तिम तयारीका लागि केन्द्रीय समिति बैठक बसेको हो ।

नेपाल प्रज्ञा प्रतिष्ठानमा आजदेखि जसपाको विधान अधिवेशन हुँदैछ । बैठकले केन्द्रीय समितिबाट मस्यौदा विधान पारित गरे पछि विधान अधिवेशनमा प्रस्तुत हुनेछ ।

विधान अधिवेशनमा केन्द्रीय कमिटीका ४ सय १० सदस्यका साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरू सहभागी छन् ।

प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधान माथि छलफल हुने र पारित गर्ने प्रमुख अजेन्डा रहेको छ ।

विधान अधिवेशनले संघीय परिषद खारेज गरेर पुनः एकल नेतृत्वमा फर्कने गरी तयार पारिएको विधान अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् ।

प्रकाशित : २०८० असार ९, शनिबार १५:४८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ