महोत्तरी । दाइजो प्रथालाई उन्मुलन गर्न महोत्तरीको मटिहानी नगरपालिकाले नीति कार्यक्रम नै बनाएको छ ।
बुधबार भएको ११औं नगरसभामा दाइजो प्रथाको अन्त्य गर्न नगरप्रमुख हरि मण्डलले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
बालविवाह तथा दाइजो प्रथाको अन्त्यका लागि यसअघि पनि निक्कै प्रयास गर्दै आएको नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा औपचारिकरुपमा नै बालविवाह तथा दाइजोप्रथा उन्मुलन घोषणा गर्ने जिल्लामा मटिहानी नगरपालिका पहिलो नगरपालिका बनेको छ ।
दाइजोप्रथा जस्तो कुप्रथाको अन्त्यका लागि स्थानीय सरकारलाई ठूलो चुनौती बनिरहेको बेला मटिहानी नगरपालिकाले देखाएको तदारुकता यतिबेला सर्वत्र चर्चाको विषय बनेको छ ।
कुप्रथा तथा कु-संस्कारको अन्त्य गर्दै नगरसभामा सार्वजनिक गरिएको नीति तथा कार्यक्रमले मटिहानीको विशिष्ट पहिचान सुरक्षित गरेको मन्त्री भण्डारीले आफ्नो धारणा राखे । ‘पहिचानको विकास मुख्य विकास हो । हरेकले आफ्नो पहिचानसहितको विकास खोज्नुपर्छ,’ उन्ले भने, ‘मटिहानीका नगरप्रमुखले यस्लाइ कायम राखेका छन ।’
बालविवाह तथा दाइजो प्रथालाई निरुत्साहित गरेको भन्दै नगरपालिकाले २५ घरका अभिभावकलाई सामूहिक सम्मान समेत गरेको थियो ।