जसपा नभएको भए नागरिकता समस्या कहिल्यै हल हुने थिएन : उपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टी नभएको भए नागरिकता समस्या नेपालमा कहिले पनि समाधान नहुने दाबी गरेका छन् ।

आइतबार पार्टीको विधान अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले जनता समाजवादी पार्टी नभएको भए नागरिकता समस्या कहिले हल नहुने दाबी गरेका हुन् । त्यस्तै, आफ्नो पार्टी नभएको भए देशमा संघीयता पनि नआउने उनको दाबी छ ।

अध्यक्ष यादवले वर्तमान सरकारले आफ्नो समयसम्म काम गर्न पाउनुपर्ने पक्षमा आफूहरु रहेको बताए । उनले वर्तमान सत्तारुढ गठबन्धन कायम राख्नुपर्ने बताए ।

अध्यक्ष यादवले देशको शासकीय स्वरुप परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने बताए । उनले निर्वाचन प्रणालीपनि खर्चिलो भएको भन्दै यसको पनि परिवर्तन गर्नुपर्ने बताए ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र समानुपातिक संसदको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले पहिचानमा आधारित संघीयता हुनुपर्ने पनि बताए ।

प्रकाशित : २०८० असार १०, आईतवार १९:२६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ