उपराष्ट्रपतिको पद आवश्यक छैन : सांसद मनीष झा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले उपराष्ट्रपतिको पद आवश्यक नभएको धारणा राखेका छन् ।

प्रतिनिधिसभा बैठकमा आइतबार उनले देशमा उपराष्ट्रपतिको पद आवश्यक नभएको जनाएका हुन् । उनले हालसम्म उपराष्ट्रपतिको पदले सम्झनलायक कुनै पनि काम गर्न नसकेको भन्दै यसको औचित्य माथि नै प्रश्न उठाएका हुन् । उनले उपराष्ट्रपतिले गर्ने काम राष्ट्रियसभा अध्यक्षले नै गर्न सक्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।

‘उपराष्ट्रपतिको पद संवैधानिक अभ्यास गरेपश्चात आजसम्म ५ हजार ११५ दिन भएको रहेछ । ४ वटा कार्यकाल, तीनवटा अनुहार । त्यो हेर्दै गर्दा सम्झिनलायकको कुराहरु के छ त ? ५ हजार ११५ दिनले यो पदले सम्झिन लायक कुनै पाँचवटा कुरा हामी सम्झिन सक्छौं ? यसले दिएको हामीलाई ? त्यसैले गर्दा त्यो सम्झिन सक्दैनौं भने यो पदको औचित्यको जवाफ सम्झिन सक्ने वा नसक्ने त्यो ५ हजार ११५ दिनले नै दिन्छ,’ उनले भने, ‘त्यसैले गर्दापनि हामीले सोच्नुपर्छ । हामी यो पदको परिकल्पना गर्दैनौं । हामी यो पद आवश्यक छैन भन्छौं । र राष्ट्रियसभाको अध्यक्षले नै यसको काम गर्नसक्छ भन्छौं ।’

उनले कर र खर्च कटौतीका लागि अनावश्यक पद राखिरहनु नहुने दाबी गरे ।

प्रकाशित : २०८० असार १०, आईतवार १९:४०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ