सप्तरीमा मनोज कुमार दाससहित तीन मिटरब्याजी पक्राउ


जनकपुरधाम । सप्तरी प्रहरीले मिटरब्याज सम्बन्धी आरोपमा मनोज कुमार दाससहित तीन जनालाई पक्राउ गरेको छ ।

दास राजविराज नगरपालिका ६ का हुन् । उनीसँगै राजविराज नगरपालिका ५ का शिवनारायण यादव र राजविराज नगरपालिका ३ का तारिणीप्रसाद साह पनि पक्राउ परेको सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

पक्राउ गरिएकामध्ये दास राजविराज लगायत यो क्षेत्रमा चर्को ब्याजमा रकम लगानी गर्दै आएको खुलेको छ । एसपी कार्कीका अनुसार दासविरुद्ध ५ जनाले चर्को ब्याज असुलेको आरोपमा उजुरी दिएका छन् ।

पक्राउ गरिएकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० असार ११, सोमबार ०९:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ