सिरहा । मिर्चैयामा रहेको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत एकजना सुरक्षागार्डको हत्या भएको छ ।
खानेपानी टंयाकीको सुरक्षामा खटिएका मिर्चैया नगरपालिका(८ का ६२ वर्षीय किशोरी रायको हत्या भएको हो ।रातिको समयमा ड्युटी गरिरहेका उनको घाँटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
उनी ८ महिनादेखि मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा कार्यरत थिए । यस विषयमा अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्यालयवाट कुकुरसहितको विषेश प्रहरी टोली परिचालन भएको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताएका छन् ।
सुरक्षागार्डले खानेपानी टंयाकीको सुरक्षासँगै खानेपानी खोल्ने र बन्द गर्ने काम गर्दै आएको मिर्चैया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष अजय साहले घटनाको सूक्ष्म रुपमा अनुसन्धान गर्नुपर्ने बताएका छन् ।