जनकपुरधाम । लामो समयदेखि पत्रकारमा सक्रिय रहेका विरेन्द्र केएम नेपाली काँग्रेस परित्याग गरेका छन् ।
पत्रकारितासँगै नेपाली काँग्रेसमा प्रवेश गरी केएम राजनीति यात्रा सुरु गरेका थिए । तर उनले आज सामाजिक सञ्जाल फेसबुकमा अन्ततः नेपाली ३कांग्रेसमा आवद्ध नरहने निर्णयमा पुगेको लेखेका छन् ।
उनले भनेका छन्– लोकतान्त्रिक नीति र विचार मन परेपनि म उक्त पार्टीमा अटाउन सकिन । अहिलेसम्म साथ(सहयोग र सम्मानका लागि नेपाली कांग्रेसका पालिकादेखी केन्द्रसम्मका नेतृत्ववर्ग सहित सबैलाई धन्यवाद । जय नेपाल ।’
केएम केहिदिन अगाडी जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग भेटेका थिए । जुन भेटमा राउतले पार्टीमा आउन आग्रह गरेको केएमले सामाजिक सञ्जालमा लेखेका थिए ।
त्यसलगत्तै केएमले काँग्रेस परित्याग गरेपछि जनमत पार्टीमा प्रवेश गर्ने सम्भावना देखिन्छ । उनले भने अहिले जनमतमा प्रवेश गर्नेबारे केहि उल्लेख गरेका छैनन् ।