काठमाडौँ । हजका लागि विभिन्न देशका धेरै मानिसहरू साउदी अरब पुगेका छन् ।
हज तथा उमराह मन्त्री डा। तौफिक अलरबियाहले मंगलबारसम्म १५० भन्दा बढी देशका १८ लाख हजयात्री सहभागी भएको बताएका छन् ।
करिब १० लाख भक्तजनहरू अरब राष्ट्रबाहेक अन्य एसियाली मुलुकबाट पुगेका छन् । जुन कुल हाजीहरूको करिब २१ प्रतिशत हो ।
यसैगरी अफ्रिकी मुलुकबाट १३.४ प्रतिशत र युरोप, अमेरिका र अष्ट्रेलियाबाट २.१ प्रतिशत तीर्थयात्री त्यहाँ पुगेका छन् ।
अफ्रिकी देशबाट आउने हाजीको संख्या दुई लाख २२ हजार ८६३ रहेको छ । युरोप, अमेरिका र अष्ट्रेलियाबाट ३६ हजार ५२१ भक्तजनले भ्रमण गरेका छन् ।
नेपालबाट हजका लागि १ हजार ९२ जना गएका छन् । नेपाल हज समितिका अध्यक्ष मकबुल मियाका अनुसार जेठमै नेपालबाट उक्तत संख्यामा हजयात्री साउदी अरबतर्फ गएका हुन् ।
तीन वर्षपछि साउदी अरबको मक्कामा यति ठूलो संख्यामा भक्तजन भेला भएका हुन्। यसअघि कोरोना भाइरसको संक्रमणका कारण हजमा प्रतिबन्ध लगाइएको थियो ।