आजदेखि व्यवसायीले निर्माण सामग्री उत्पादन बन्द गर्ने


काठमाडौं । क्रसर तथा खानी व्यवसायीले शनिबारदेखि देशभर ढुंगा गिटी र बालुवाको बिक्री तथा उत्पादन बन्द गर्ने भएका छन् ।

सरकारले ‘अवैध’का नाममा क्रसर बन्द गराएको भन्दै त्यसको विरोधमा व्यवसायीले क्रसर बन्द गर्ने निर्णय गरेको नेपाल क्रसर तथा खानी व्यवसायी महासंघका अध्यक्ष सीताराम न्यौपानेले जानकारी दिए ।

खानी दर्ता तथा नवीकरणमा सरकारले व्यवसायीलाई मर्कामा पारेको व्यवसायीको गुनासो छ। सरकारले गत माघमा देशभर अवैधरूपमा सञ्चालित खानी बन्द गराउने निर्णय गरेको थियो ।

तर व्यवसायीले कुनै पनि खानी अवैधपमा सञ्चालन नभएको दाबी गरेका छन् ।

प्रकाशित : २०८० असार १६, शनिबार ०९:३०

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ