घट्यो हवाई भाडा, कुन रुटमा कति ? (सूचीसहित)


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक हवाई भाडा घटाएको छ । प्राधिकरणले बुधबारदेखि लागु हुने गरी हवाई भाडादर घटाएको हो ।

नेपाल आयल निगमले गए रातिदेखि लागु हुने गरी इन्धनको मूल्य घटाएपछि निगमले भाडा घटाएको हो । निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १४ रुपैयाँले घटाएको थियो ।

नयाँ भाडादरअनुसार काठमाडौं–धनगढीको भाडा ६१५ रुपैयाँले घटेर ६ हजार १० रुपैयाँ पुगेको छ ।

काठमाडौं–भद्रपुर भाडा ४२० रुपैयाँले घटेले चार हजार ८५ रुपैयाँ कायम भएको छ ।

यसैगरी काठमाडौंबाट विराटनगर तीन हजार २६५ रुपैयाँ, जनकपुर एक हजार ७५० रुपैयाँ, भरतपुर एक हजार ४५५ रुपैयाँ, पोखरा दुई हजार १५५ रुपैयाँमा झरेको छ ।

काठमाडौं–भैरहवाको भाडा दुई हजार ८०० रुपैयाँमा झरेको छ ।

प्रकाशित : २०८० असार १९, मंगलवार १५:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ