गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न फार्मेसीलाई औषधि व्यवस्था विभागको निर्देशन


काठमाडौं । औषधि व्यवस्था विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न अस्पतालमा सञ्चालित फार्मेसीहरूलाई निर्देशन दिएको छ ।

कतिपय अस्पतालका फार्मेसीबाट बिक्री–वितरण हुने औषधिको गुणस्तरबारे विभागमा गुनसो आएको भन्दै विभागले गुणस्तरहीन औषधि खरिद–बिक्री नगर्न निर्देशन दिएको हो ।

औषधि व्यवस्था ऐनको दफा १२ अनुरूप गुणस्तरीय औषधि मात्र खरिद गर्न विभागले निर्देशन दिएको छ ।

खरिद तथा बिक्री गर्दा गुणस्तरमा शंका लागेमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि विभागले आग्रह गरेको छ । अपिल गरेको छ निर्देशन दिएको छ ।

प्रकाशित : 4 July 2023 4:35 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ