पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका १८ ढोका खोलिए


सिरहा । लगातारको वर्षाले देशका विभिन्न क्षेत्रको जनजीवन प्रभावित बनेको छ ।

वर्षाका कारण मधेश प्रदेशका सिरहा, सप्तरी, महोत्तरीको जनजीवन प्रभावित भएको छ । दैनिक रुपमा मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग मर्कामा परेका छन् ।

लगातारको वर्षाले खोला तथा नदीहरुमा जलस्तर बढ्दै गएको छ । सप्तकोशीमा बाढी आएको छ। आज बिहान सवा १० बजे कोशी ब्यारेजमा पानीको बहाव १ लाख २६ हजार १६५ क्युसेक प्रतिसेकेन्ड रेकर्ड भएको नियन्त्रण कक्षले जनाएको छ । कुल ५६ मध्ये अहिले १८ वटा ढोका खोलिएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीका सहायक नदीहरुमा जलस्तर बढ्ने र आकास्मिक बाढी आउन सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित : २०८० असार २०, बुधबार १४:५१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ