इन्जिनियर यादव ४५ हजार घुससहित रंगेहात पक्राउ


रुपन्देही । जिल्लाको कोटहीमाई गाउँपालिकाका इन्जिनियर अर्विन्द कुमार यादव ४५ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर यादवलाई ४५ हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

कोटहीमाई गाउँपालिका ७ अन्तर्गतको सडक पीसीसी र ग्रावेल गर्ने कार्यको नापजाँच पश्चात भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग यादले घुसररिसवत माग गरेको अख्तियारले जनाएको छ ।

विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले इन्जिनियर यादवलाई सेवाग्राहीबाट ४५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आज नियन्त्रणमा लिएको हो ।

उनीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित : २०८० असार २०, बुधबार १८:१३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ