काठमाडौं । अन्तरजातीय विवाहपछि दलितको घर जलाएको घटनाको विरोधमा जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रदर्शन गरेको छ ।
शिल्पीरदलित विशेष राष्ट्रिय समिति र समाजवादी दलित मुक्ती संगठन जसपा नेपालले विरोध प्रदर्शन गरेको हो ।
माइतीघरमा बुधवार भएको प्रदर्शनमा ‘जातीय विभेद बन्द गर’ भन्दै नेता कार्यकर्ताहरुले नारा लगाउँदै विरोध जनाएका थिए । उनीहरुले दोषीलाई कारबाहीको माग समेत गरेका थिए ।
जुम्लामा आफ्नी बहिनीले दलित केटासँग प्रेम विवाह गरेपछि दाइले केटाको घर जलाइदिएका थिए । सो घटनामा प्रहरीले घर जलाउने हिम्मत गिरीलाई प्रक्राउ गरेर मुद्दा चलाएको छ ।
अदालतले हिम्मतका बुवा र काकाविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । घर जल्दा ६५ लाख बराबरको सामान जलेर नष्ट भएको पीडितको दाबी छ ।