धनुषाको नगराइन नगरपालिका २ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको नगराइन नगरपालिका वडा नम्वर २ का वडाध्यक्ष वुलन यादव र सोही वडाका वडा सचिव अमृत नारायण मिश्रविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारका प्रवक्ता भोला दाहालका अनुसार यादव र मिश्रविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो । उनीहरूलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको अख्तियारले जानकारी दिएको छ ।

दाहालका अनुसार उनीहरूले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा यादव र मिश्रले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरीदिए बापत सेवाग्राहीसँग ७० हजार रुपैयाँ पुष्टि भएको अख्तियारले जानकारी दिएको छ ।

उनीहरूविरुद्ध ७० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जानकारी दिएको छ ।

प्रकाशित : २०८० असार २२, शुक्रबार १५:३४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ