पर्सामा गाँजासहित पासवान पक्राउ


पर्सा । प्रहरीले पोखरिया नगरपालिका ९ सेमरबारीबाट लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका ५ का ३२ वर्षीय बृजकिशोर पासवान छन् ।

ईलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको चेकिङ टोलीले शनिबार साँझ साढे ४ बजेतिर १२ किलो लागूऔषध गाँजासहित पक्राउ गरेको हो ।

पैदल हिँडिरहेका पासवानलाई रोकी उनको तलासी लिँदा उनले बोकेको झोलाभित्र उक्त परिमाणमा गाँजा फेला परेको थियो ।

पासवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिए ।

प्रकाशित : 11 July 2023 4:32 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ