दुःखद् खबर– प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन


काठमाडौँ । प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । बिहान ८स्३३ बजे नर्भिक अस्पतालमा उनको उपचारका क्रममा निधन भएको हो ।

प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) रोगबाट पीडित दाहालका ६९ वर्षको उमेरमा निधन भएको प्रधानमन्त्रीका निजी चिकित्सक डा। युवराज शर्माले पुष्टि गरे ।

उनलाई स्वास्थ्यमा समस्या आएपछि आजै बिहान अस्पताल भर्ना गरिएको थियो ।

दाहालको निधनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित उनको परिवार नर्भिक पुगेको छ ।

प्रकाशित : २०८० असार २७, बुधबार ०९:२९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ