काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको शव पार्टी कार्यालय पेरिसडाँडा पुर्याइएको छ । आज बिहान निधन भएकी दाहालको शव अन्तिम श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा लगिएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार पेरिसडाँडामा उनको शव श्रद्धाञ्जलीका लागि दुई घण्टा राखिने छ । सचिवालयका अनुसार दिउँसो १ बजेसम्म उनको शव कार्यालयमा राखिने छ । उनको आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहालको अन्तिम संस्कार गरिने छ ।
दाहालको आज बिहान ८स्३३ मिनेटमा बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको थियो । उनी लामो समयदेखि पार्किन्सनजस्तो देखिने प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी ९पीएसपी० रोगबाट पीडित थिइन् ।
वि. सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिएकी सीताको २०२६ सालमा प्रचण्डसँग विवाह भएको थियो ।
वि. सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय सल्लाहकार थिइन् ।
पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जिवन विताएकी दाहालले देशमा जनयुद्ध शुरूवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय भइन् ।
जनयुद्धमा उनले सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गरेको माओवादीले जनाएको छ ।
दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल राजनीतिमै सक्रिय छन् ।