प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए समवेदना


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई श्रद्धाञ्जली दिएका छन् । मोदीले ट्विट गर्दै सीता दाहाललाई श्रद्धाञ्जली दिएका हुन् ।

मोदीले दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् ।उनले प्रधानमन्त्री दाहाललाई मेन्सन गर्दै उनीप्रति समवेदना प्रकट गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्,श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु ।

@cmprachanda प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।’

दाहालको आज बिहान साढे ८ बजे निधन भएको थियो ।

प्रकाशित : २०८० असार २७, बुधबार १३:३५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ