महोत्तरी । गौशाला नगरपालिका १२ स्थित बाँके खोलामा मध्यरातमा उत्खनन् गरिरहेका दुईवटा स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्थानीयले सूचना दिएपछि मंगलबार राति १२ जबे खोलाबाट नम्बर प्लेट नभएका दुईवटा स्काभेटर अवैध उत्खनन् गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरि निरीक्षक मनोज यादवले जानकारी दिए ।
प्रहरी चौकी कान्तिबजारबाट गएको प्रहरी सहायक निरीक्षक रोशन लामिछाने नेतृत्वको टोलीले नियन्त्रणमा लिएका दुवै स्काभेटर प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका स्काभेटर कारबाहीका लागि गौशाला प्रहरीलाई बुझाउने तयारी भइरहेको गौशाला प्रहरीले जनाएको छ ।
वर्षायामका तीन महिना खोलामा प्रवेश गर्न नपाउने भए पनि महोत्तरीका खोलामा लुकिछिपी अवैध उत्खनन् भइरहेको स्थानीयले बताएका छन् । खोलामा हुनसक्ने अवैध उत्खनन् रोक्न प्रहरीले आफ्नो सक्रियता बढाएको गौशाला प्रहरीका प्रहरी निरीक्षक यादवले बताए ।
ती दुवै स्काभेटर गौशाला ७ का हसन शेषको भएको खुल्न आएको र उनलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ । तर चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छैन ।