रौतहटमा युवकको हत्याः श्रीमतीले नै घटना घटाएको आरोपमा पक्राउ


रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा हतियार प्रहार गरी एक पुरुषको हत्या घटनामा उनकै श्रीमतीको संलग्नता देखिएको छ ।

देवाही गोनाही नगरपालीका ६ कर्कच कर्मैयाका ३५ वर्षीय जगरनाथ साहको बिहीबार राति आफ्नै घरमा हत्या भएको थियो ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले भने, ‘घटनापछि मृतक साहका श्रीमती चन्दा साहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेका छौं ।’

प्रहरी शुक्रबार बिहान २ बजे घटनास्थल पुगेको थियो । हत्या कसले गरेको भन्ने अहिलेसम्म खुलेको छैन । तर उनको श्रीमती शंकाको घेरामा रहेको प्रहरी स्रोतको दावी छ ।

प्रकाशित : 14 July 2023 7:12 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ