आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला रहने


सिरहा । आज शनिबार पनि बैंक तथा वित्तीय संस्थाहरू खुला रहने भएका छन् ।

चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतको विषयलाई ध्यानमा राख्दै राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्था खुला रहने भएका हुन् ।

यसअघि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेसँगै सोहीअनुसार व्यवस्था गरिएको थियो ।

तर ग्रामिण क्षेत्रका अधिकांश निजी बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको निर्देशन वेवास्ता गरिरहेको छ ।

प्रकाशित : २०८० असार ३०, शनिबार ०८:५४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ