सरकारलाई साँसद साहको प्रश्न– वकिलहरुले मनपरी ढंगले रकम असुल्न मिल्छ ?


काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वकिलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले वकिलहरुले मनपरी धेरै फिस लिने गरेका भन्दै यसको पनि नियमन गर्नुपर्ने उल्लेख गरे ।

उनले भने, ‘अरुलाई कानून सिकाउने, न्यायको पैरवी, बहस गर्ने, अरुमाथि प्रश्न उठाउने वकिलहरुलाई कानून लाग्छ कि लाग्दैन ? वकिलहरु जवाफदेही हुनुपर्छ कि पर्दैन ? आज देशमा वकिलहरुले मनपरी फिस लिने गरेका छन् । रसिद दिदैन कर पनि दिदैन । करोडौँ कमाउने वकिलललाई कर लाग्छ कि लाग्दैन ? करको दायरामा ल्याउनुपर्छ ।’

अध्यक्ष साहले वकिलहरुले लिने रकमको न्युनतम र अधिकतम मापदण्ड तोक्नुपर्ने बताएका छन् ।

प्रकाशित : 16 July 2023 6:43 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ