राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिमा डा. अमर यादव नियुक्त


सिरहा । राजर्षिजनक विश्वविद्यालयले करिब डेढ वर्षपछि उपकुलपति पाएको छ । आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले डा. अमर यादवलाई विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका हुन् ।

विश्वविद्यालयमा १८ महिनादेखि उपकुलपतिसँगै रजिस्ट्रार, सेवा आयोगको अध्यक्ष, क्याम्पस प्रमुख र डीन पनि थिएनन् । उपकुलपति र रजिस्ट्रार नभएका कारण विश्वविद्यालयमा कक्षा र समयमा परीक्षा सञ्चालन हुन सकेको थिएन ।

२०७५ सालमा स्थापना भएको विश्वविद्यालयले पहिलो उपकुलपतिको रूपमा भरत झालाई पाएको थियो भने दोस्रो उपकुलपति शैलेन्द्र नारायण मल्लिक थिए ।

प्रकाशित : २०८० श्रावण १, सोमबार १५:१५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ