काठमाडौं । सुनसरीको सप्तकोशी किनारमा ३ जना युवतीलाई निर्घात कुटपिट गर्ने अर्को समूहका ५ जना मध्ये ३ जना युवती पक्राउ परेका छन् ।
गत असार २९ गते ५ जना युवतीको समूहले अर्का ३ जना युवतीलाई निर्घात कुटेको भिडियो सामाजिक संजालमा भाइरल भएको थियो । त्यसपछि प्रहरीले कुट्ने युवतीहरुको खोजी गरेको थियो । ती मध्ये १९ वर्षीया प्रीति लिम्बुलाई गत आइतबार राति पक्राउ गरेको थियो भने बाँकी २ जनालाई हिजो मंगलबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा १८ वर्षीया दुर्गा राई २२ वर्षीया विनिता उराउ रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
कुटपिट गर्ने र कुटाइ खाने दुवै पक्षका युवतीहरू एउटै गाउँका हुन् । काम छ भन्दै ५ जनाले कोशी किनारमा बोलाएर ३ जनामाथि कुटपिट गरेका प्रहरीले जनाएको छ । अन्य २ जना अझै फरार रहेका र उनहिरुको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।