काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दोस्रो दिन पनि जारी छ।
बुधबारको केन्द्रीय समिति बैठकमा प्रदेश सभापतिहरूले धारणा राखेका छन् । उनीहरूले प्रदेश बलियो बनाउन पार्टी केन्द्रले भूमिका नखेलेको आरोप लगाएका छन् ।
महामन्त्री गगन थापाले ल्याएको वार्षिक कार्यक्रमको कार्यतालिकामा प्रदेशलाई भूमिकाविहीन बनाउन खोजिएकोमा उनीहरूले आपत्ति जनाएका हुन् ।
मधेस प्रदेशका सभापति कृष्ण यादवले अनलाइन प्रणालीबाट सदस्यता दिँदा मधेसमा समस्या देखिने बताए। ‘जबजब मधेसमा कांग्रेस बलियो हुन्छ अनि सत्तामा कांग्रेस जान पाउँछ,’ उनले भने, ‘चुनावमा कांग्रेसलाई गठबन्धन गरेर कम सिट दिइयो । बजेट पनि कम दिइएको छ। मधेसप्रति कांग्रेस किन उदासिन छ ?’
उनले तरूण दल र महिला संघ विस्तार गर्दा केन्द्रले जिल्ला र प्रदेशसँग समन्वय नगरेको बताए ।
‘रूखमा भोट नहाल्ने, मेराविरूद्ध लागेका व्यक्तिलाई कसले तरूण दल र महिला संघ सदस्य बनायो ?,’ उनले प्रश्न गरे, ‘गणेश प्रवृत्ति भएका र रूखमा भोट नहाल्नेलाई जिम्मेवारी दिनेरु काम गर्नेलाई भूमिका नदिने, काम नगर्नेलाई पद दिने ?’