काठमाडौं । सरकारले स्थानीय तह र प्रदेशमा समायोजन भएर गएका कर्मचारीलाई फिर्ता पठाउन रोक लगाइएको छ । स्थानीय तहले समायोजन भएर गएका कर्मचारीलाई धमाधम फिर्ता पठाउन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यसमा रोक लगाएको हो ।
कर्मचारी समायोजन ऐन २०७५ बमोजिम विभिन्न स्थानीय तहमा समायोजन तथा समायोजन मिलान भई कार्यरत केही कर्मचारीलाई कतिपय स्थानीय तहले विभिन्न बहानामा फिर्ता पठाएपछि रोक लगाउनु परेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले मंगलबार ७५३ वटै स्थानीय तहलाई परिपत्र गर्दै कार्यरत कर्मचारीलाई फिर्ता नगर्न भनेको हो । यस्तो अभ्यास कानुन प्रतिकूल रहेको मन्त्रालयले परिपत्रमार्फत जनाएको छ ।
‘प्रचलित कानुनी व्यवस्थाबमोजिम समायोजन भएका कर्मचारीलाई उक्त कानुनी व्यवस्था प्रतिकूल हुने गरी फिर्ता गर्न नमिल्ने भएकाले उनीहरूलाई साबिक बमोजिम नै हाजिर गराई व्यवस्थापन गर्नु हुन गर्न मन्त्रालयले परिपत्रमार्फत भनेको हो ।