प्रदर्शनमा उत्रेका दर्जन बढी मिटरब्याज पीडित पक्राउ


काठमाडौं । बानेश्वरमा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् ।

शान्तिवाटिका बसेका मिटरब्याज पीडितले बानेश्वरमा प्रदर्शन गरेका हुन् । उनीहरूले लगातार तीन दिनदेखि प्रदर्शन गर्दै आइरहेका छन् ।

यसैबीच प्रहरीले बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्ने १६ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर बानेश्वर वृत्तमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८० श्रावण ४, बिहीबार १७:३८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ