काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौं बस्दै आएका २४ जना उपसचिव र ११ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
सरुवा भएका कर्मचारीहरुलाई विभिन्न स्थानीय तहहरुमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
निमित्तका भरमा चल्दै आएका मधेस प्रदेशका सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको मन्त्रालयले जनाएको छ ।
सरुवा भएका कर्मचारीको सूची: