मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न जनमत पार्टीले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र


काठमाडौं । जनमत पार्टीले मधेशलाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ । शनिबार बुझाइएको ज्ञापनपत्रमा उसले त्यस क्षेत्रका जनतालाई राहत उपलब्ध गराउन भनेको छ ।

मधेश प्रदेशलाई सुक्खा क्षेत्र घोषणा गरी राहत प्रदान गर्नुपर्ने, वीरगंजसहितका सुक्खा क्षेत्रका जनतालाई घर-घरमा खानेपानीको व्यवस्था अविलम्ब गर्नुपर्ने, सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, सिँचाइको लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्नुपर्ने, पानीको अभावले बिरामी परेकाहरुको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने र खडेरी सहितका प्राकृतिक प्रकोपहरुको दिगो नियन्त्रणको योजना बनाएर सार्वजनिक गर्नुपर्ने जस्ता माग गरिएको छ ।

प्रकाशित : २०८० श्रावण २०, शनिबार १५:०३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ