महोत्तरी । महोत्तरीको बर्दिबासमा बलात्कार प्रयासको घटना सार्वजनिक भएको छ ।
पीडित युवतीले बर्दिबासका रविन गौतम विरुद्ध बलात्कार प्रयास गरेको आरोपसहित इलाका प्रहरी कार्यालय उजुरी दिए पछि यो घटना सार्वजनिक भएको हो ।
गत साउन १६ मा पीडित युवतीले जाहेरी दिनासाथ प्रहरीले आरोपित गौतमलाई अनुसन्धानको लागि पक्राउ गरेको थियो । उनै गौतमलाई ५ दिन हिरासतमा राखेर आइतबार जिल्ला अदालत महोत्तरीमा बुझाएको छ ।
पीडित भनिएकी युवती आरोपित गौतमको किराना पसलमा काम गर्ने गर्थिन् । पसलमा बसिरहेको वेला गौतमले बलात्कार प्रयास गरेको ती पीडित युवतीको आरोप छ ।
उमेरले १७ बर्ष मात्र भएकी ती युवतीले काम गर्न लागेको १ महिना मात्र भएको थियो । ‘सुरुदेखि नजिक हुने र संवेदनशील अङ्गहरूमा छुने गर्दथे,’ उनले भनिन् ।
युवतीको परिवारका अनुसार आरोपित भनिएका गौतमले गरेको यौन हर्कतको विषयमा १५ गते थाहा भएको र १६ गते उजुरी दिइएको जनाएका छन् ।
ञपैसाको लोभ देखाएर पटकपटक यौन प्रस्ताव पनि राख्दा रहेछन्,झ पीडित युवतीका मामाले भने, ञहामीलाई पीडक रविनले धम्क्याए पनि, जे गर्न सक्छौ गर भने पछि हामी प्रहरीकोमा पुगेका हौँ ।झ उनका अनुसार गत साउन १५ गते स्कुटर किनिदिन्छु भन्दै स्टोरमा सामान लिन गएको वेला जबर्जस्ती गर्ने प्रयास गरेको पीडित युवतीले बताएकी छन् ।
छोरीमाथि भएको अन्यायको लागी न्यायको लडाइ लडिरहेको र न्याय दिलाइदिन पीडितका बुबाले अपिल गरेका छन् ।
युवतिमाथि गरिएका यौन हरकतको प्रमाण नष्ट गर्ने उद्देश्यले सिसिटिभी फुटेज नै फर्म्याट गरेको पाइएको छ ।