काठमाडौं । कांग्रेस सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पक्राउ गरेको हो ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुवेर कडायतले शर्मा नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेको जानकारी दिए । उनले भने, ‘सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ ।’
उनी चीनमा एमबीबीसीएस गर्न अध्ययनमा गएका थिए । तर, एमबीबीएस उर्त्तीण नगरी नेपाल फर्केको बताइन्छ । उनको प्रविणता तह प्रमाणको प्रमाणपत्र पनि नक्कली रहेको आरोप छ । उनले भारतबाट प्रविणता प्रमाणपत्र तह गरेका थिए ।
यसअघि पनि उनको एमबीबीएसको प्रमाणपत्रमाथि प्रश्न उठेको थियो । त्यसो त शर्माले विराटनगरमा नोबेल मेडिकल कलेज सञ्चालनका क्रममा शेयर सदस्य ज्ञानेन्द्रबहादुर सिंह कार्कीमाथि कुटपिट गरी उनको शेयर हडेपेको आरोप छ ।
उक्त घटनामा माओवादी नेताहरूले पनि शर्मालाई साथ दिएका थिए । २०६५ सालमा तत्कालीन वाईसीएलले शर्माको इशारामा काठमाडौं आएका कार्कीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै अपहरण गरेका थिए ।
शर्माले पछिल्ला दिनहरूमा सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको संलग्नता रहेको भन्दै तीव्र आलोचना गरिरहेका थिए ।
बीमाको भुक्तानी नमिलाइदिएकाले शर्माले जेपायो, त्यही बोल्ने गरेको अर्थमन्त्री प्रकाशशरण महतले बताएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भनेका छन्, ‘केही दिनदेखि सुन तस्करीको विषयमा बोल्दै आएका सांसद सुनिल शर्मालाई सीआईबी लगाएर नै पक्राउ गराएर सरकारले के गर्न खोजेको हो ? संसद चलिरहेको बेला बहालवाला सांसदलाई पक्राउ गर्न के सभामुखले स्वीकृति दिएका हुन् रु कि सुन तस्करीको विषयमा उठान भइरहेको आवाज रोक्ने प्रयासमा सबै तप्का एकजुट भएका हुन् ?’