काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० ले थप एक चिकित्सकलाई पक्राउ गरेको छ ।
डाक्टरहरूको नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा ‘फोक्सट्रोट चार्ली’ अपरेसनअन्तर्गत इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकारलाई पक्राउ गरिएको सीआईबी स्रोतले बतायो । यो प्रकरणमा अहिलेसम्म ६ जनालाई नियन्त्रणमा लिएको बताइएको छ ।
हिजो साँझ टिचिङ अस्पतालका डाक्टर अमृत चौधरी, अर्का चिकित्सक रन्जितकुमार यादवलाई पनि पक्राउ गरिएको थियो ।
कांग्रेस सांसदसमेत रहेका सुनिल शर्मालाई पनि यही आरोपमा पक्राउ गरिएको छ ।