Today Khoj
Advertisement
            
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
ई-पेपर
No Result
View All Result
हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी ! | अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ | आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन | कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने ! | भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय | साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल | जनकपुरमा गाडीभित्रै कुटाकुट गर्ने पाँच भारतीय पक्राउ, यस्तो छ रहस्य | नेपालमा भूकम्प : भारतीय प्रधानमन्त्री मोदीले दिए सहयोग गर्नेे आश्वासन | भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो | जसपाले मधेश प्रदेश समितिलाई प्रशिक्षण दिने |

  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध
No Result
View All Result
No Result
View All Result
                                

बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

टुडे खोज लेखक टुडे खोज
भदौ १, २०८०, ९:२२ AM
0
बढ्यो श्रमिकको न्यूनतम पारिश्रमिक, अब १७ हजार ३ सय (सूचीसहित)

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चालू आव २०८०/०८१ को साउन एक गतेदेखि लागू हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

मन्त्रालयका अनुसार चिया बगान बाहेकका श्रमिकको हकमा मासिक आधारभूत १० हजार ८२०, महंगी भत्ता ६ हजार ४८० गरेर जम्मा १७ हजार ३०० पुर्याएको छ । यस्तै, दैनीक आधारभूत पारिश्रमिक ४२८, महंगी भत्ता २५० गरेर जम्मा दैनीक न्यूनतम पारिश्रमिक ६६८ तोकिएको छ ।

प्रति घण्टा भने आधारभूत पारिश्रमिक ५६, महंगी भत्ता ३३ गरेर प्रतिघण्टा न्यूनतम पारिश्रमिक ८९ तोकिएको छ । आंशिक समय मात्र काम गर्ने कामदारको हकमा भने प्रति घण्टा न्यूनतम पारिश्रमिक ९५ रुपैयाँ तोकिएको छ ।

यस्तै चिया बगानका श्रमिकको हकमा भने मासिक आधारभूत पारिश्रमिक ८ हजार ९३४, महंगी भत्ता ४९५९ गरेर जम्मा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ तोकिएको छ ।

दैनिकको हकमा आधारतभूत पारिश्रमिक ३२३, महंगी भत्ता १७७ गरेर जम्मा न्यूनतम पारिश्रमिक पाँच सय तोकिएको छ । प्रति घण्टाको हकमा भने आधारभूत पारिश्रमिक ४३, महंगी भत्ता २३ गरेर जम्मा ६६ तोकिएको छ । चिया प्रशोधन वा चिया कारखानामा काम गर्ने श्रमिक तथा चिया बगानका सरदार, नाइके, र चौकीदारकोसमेत दैनीक भत्ता ६३ रुपैयाँ तोकिएको छ ।

उपयुक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानून बमोजिम श्रम सम्झौता, नियुक्तिपत्र, श्रमिकले पाउने सञ्चयकोष र उपदान लगायतका सुविधा अनिवार्य रुमपा हुनुपर्ने उल्लेख छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १३ बमोजिम स्थानीय तह वा नेपाल कानून बमोजिम अन्य निकायलाई न्यूनतम पारिश्रमिक निर्धारण गर्न अधिकार प्रदान गरिएकोमा त्यस्तो तह वा निकायले पारिश्रमिक निर्धारण गर्दा यो यस भन्दा कम नहुनेगरी निर्धारण गर्नुपर्ने बताइएको छ ।

यस भन्दा न्यूनतम पारिश्रमिक भन्दा कम पारिश्रमिक लिने दिने गरी कसैले पनि कुनै रोजगार सम्झौता गर्न नपाइने जनाइएको छ । तोकिएको न्यूनतम पारिश्रमिक ऐन, २०७४ को दफा २८ बमोजिमको कानूनी व्यवस्थालाईसमेत अधार बनाएर लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यूनत पारिश्रमिक दिने सन्दर्भमा केहि प्रावधान फरक भएको अवस्थामासमेत यहि न्यूनतम पारिश्रमिकलाई आधार बनाएर समायोजन गर्नुपर्नेछ ।


सम्बन्धित समाचार

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो

भूकम्प अपडेट : जाजरकोट र रुकुमपश्चिममा मृत्यू हुनेको सङ्ख्या १२८ पुग्यो

सिंहदरबार परिसरभित्र अब फोटो खिच्न र टिकटक बनाउन निषेध

सिंहदरबार परिसरभित्र अब फोटो खिच्न र टिकटक बनाउन निषेध

रवि लामिछाने भन्छन्– सरकारमा हामी जाने या नजाने होइन, एजेन्डा जाने या नजाने मुख्य हो

रविको पार्टी रास्वपाले मधेशमा केन्द्रीय समिति र संसदीय दलको बैठक गर्ने

नेपाललाई विश्वकपमा पुर्‍याएपछि कप्तान रोहित भन्छन्- भाग्यमानी महसुस भएको छ

नेपाललाई विश्वकपमा पुर्‍याएपछि कप्तान रोहित भन्छन्- भाग्यमानी महसुस भएको छ

ताजा समाचार

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी खोज्दै जनमत पार्टी !

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

अनलाइनबाट ठगी गरेको आरोपमा ४ भारतीय नागरिकसहित ९ जना पक्राउ

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

आज काठमाडौंमा महेश बस्नेत र दुर्गा प्रसाईं आमनेसामने, ७ हजार प्रहरी परिचालन

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

कर नतिरको मोवाइलहरु भोलीदेखि नचल्ने !

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

भूकम्पमा मृत्यु भएकाका परिवारलाई तत्काल २/२ लाख दिने सरकारको निर्णय

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

साढे २१ करोडको लगानीमा सिरहा–धनुषा जोड्ने कमलामा बन्दैछ झोलुङ्गे पुल

टुडेखोज मिडिया प्रा.लि.

औरही गापा-५, सिरहा (मधेश प्रदेश)
+९७७-९८५२८३४८३४, +९७७-९८०२८३४८३४,
ईमेल: [email protected]
दर्ता नं. : ३२४८/२०७८/०७९

हाम्रो टीम

अध्यक्ष/प्रधान सम्पादक: सन्तोष कुमार यादव
सम्पादक : धर्मेन्द्र कुमार पासवान
संवाददाताहरु :
जयनाथ यादव (सिरहा)
सिबेन्द्र रोहिता (जनकपुर)
विनय कर्ण (सप्तरी)
रबिन्द्र यादव (वीरगञ्ज)
ललन मण्डल (बर्दिबास)

सामाजिक संजाल

Facebook Twitter Youtube
  • Privacy Policy

© २०७६ सर्वाधिकार सुरक्षित || टेकनिकल साथी सुरेन्द्र सिंह || This Site has been visited hit web counter.com

No Result
View All Result
  • समाचार
  • निर्वाचन
  • मधेश विशेष
  • राजनीति
  • मधेश समाचार
  • दस्तावेज
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • विविध