काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको सिरहा सहइन्चार्जको जिम्मेवारी विष्णुकुमार साहले पाएका छन् ।
जसपा मधेस प्रदेश समितिको साउन ३० गते बसेको बैठकले साहलाई सहइन्चार्जको जिम्मेवारी दिएको हो । साह जसपाको मधेस प्रदेश समिति सदस्य हुन् ।
२०७० को संविधान सभामा निर्वाचनमा सिरहा–४ मा तत्कालीन फोरमबाट माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिस्पर्धा गरेपछि उनी चर्चामा आएका थिए । सिरहामा मधेस आन्दोलनमा सक्रिय भएर लागेका उनी चुरे संरक्षण अभियानमा पनि लागेका छन् ।
जसपाले लागु गरेको नयाँ विधान कार्यान्वयनका लागि तीन महिने अभियान चलाएको छ । सोही विधान अनुसार साहलाई सहइन्चार्ज बनाएको छ । सिरहामा जसपाको इन्चार्ज कौशलेन्द्र यादव छन् ।