कल्याणपुरमा ग्लोबल आईएमईको नयाँ एक्सटेन्सन काउन्टर सञ्चालन


सिरहा । ग्लोबल आईएमई बैंकले सिरहाको कल्याणपुर बजारमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कल्याणपुर नगरपालिका-११ स्थित बजारमा नयाँ एक्सटेन्सन काउन्टर आजदेखि सञ्चालनमा आएको हो ।

यससँगै यस क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न र बैंकिङ कारोबार गर्न सहज र सरल हुने भएको छ । एक्सटेन्सन काउन्टरबाट प्रवाह गरिने बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राही लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले उक्त स्थानमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको मिर्चैया शाखा प्रबन्ध सरोज कुमार झाले बताए ।

बैंकले मुलुकभर ३५० शाखा, ३२२ शाखारहित बैंकिङ्ग सेवा, ३६८ एटीएम, ६५ एक्स्टेन्सन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २०८० आश्विन ४, बिहीबार २०:१८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ