जयनाथ यादव, लहान । विजया दशमीको आज आठौं दिन अर्थात् महाष्टमी । आज विहानैदेखि मधेसका दुर्गा शक्तिपीठहरुमा खोइछ भर्ने महिलाहरुको भिड देखिएको छ।
मधेसका महिलाहरु नजिकको दुर्गा भगवती मन्दिर गई खोइछ भरेका छन् । यो सन्तान र पतिको जिवनरक्षाका लागि गरिने विशेष पूजा हो । दुर्गा भगवतीको अगाडि चोखो वस्त्र ओच्छयाएर त्यसमाथि पान, सुपारी, नरिवल, सिन्दुर, चुरा, र पुजा सामग्री राखेर पति र सन्तानको दिर्घायुको कामना गरेर ‘खोइछ भर्ने’ पर्व मनाउँछन् ।
यो विशेष पूजा गर्न व्रतालु महिलाहरुको भीड दिनभर दुर्गा मन्दिरहरुमा रहन्छ । लहानस्थित दुर्गा मन्दिर, जनकपुरको राजदेवी मन्दिर, वीरगञ्जको गहवामाई मन्दिर लगायतका दुर्गा शक्तिपीठहरुमा महिलाहरुको भिडभाड देखिएको छ ।