खानामा किरा खुवाउने माखन भोग होटललाई उपमेयर महतोले जोगाए


सिरहा । लहान नगरपालिकास्थित माखन भोग स्वीट्स एण्ड नमकिन होटललाई कारबाहीको गर्नुको साटो उपमेयर रामचलित्तर महतो जोगाएका छन् ।

होटलमा खाना खान गएका पत्रकार धर्मेन्द्र पासवानको थालमा किरा भेटिएको थियो । उनले सामाजिक सञ्जालमा लेखेवित्तिकै उपमेयर महतोले कारबाही गर्ने प्रतिवद्धता जनाएका थिए । तर चेतावनीको नाममा होटललाई उनले उन्मुक्ति दिएका छन् ।

उपमेयर महतोले उद्योग बाणिज्य संघ लहानका प्रतिनिधि र प्रहरी साथमा लिएर होटलको अनुगमन गर्न पुगेका थिए । तर होटललाई कारबाही नगरी फर्किए । उनले मिडियामा आफ्नो जिम्मेवारी पुरा गरेको प्रतिक्रिया दिएपछि धेरैले उनको आलोचना गरेका छन् ।

माखन भोग होटलमै केहिदिन अगाडी अखाद्य बस्तु फेला परेको थियो । त्यतिबेला पनि होटललाई कारबाही गरिएन । चेतावनीको नाममा उन्मुक्ति दिएपछि कारबाही गर्ने निकायकै होटलसँग मिलोमतो रहेको देखिएको छ ।

प्रकाशित : २०८० कार्तिक ६, सोमबार ०८:३७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ