दसैंले सुनसान काठमाडौं, ट्राफिकले पनि सुस्ताउने मौका पाए !


काठमाडौं । दसैं मनाउन अधिकांश मानिस घर फर्किइसकेका छन् । अरु बेला चहलपहल र व्यस्त हुने काठमाडौंका सडक सुनसान भएका छन् भने सार्वजनिक यातायात पनि फाट्टफुट्टमात्र चलेका छन् ।

उपत्यकाबाट बाहिरिने मुख्य नाका हो कलंकी । दसैं लागेपछि यही नाका भएर दैनिक १ लाखसम्म यात्रु बाहिरिए । फूलपातीको बिहान त यहाँ काठमाडौंबाट बाहिरिने सवारीसाधनको जाम नै भयो । तर आज यहाँ गाडी पातलिइसकेको छ ।

मजदुर र गाडीधनीहरु समेत गाडी थन्क्याएर थातथलो फर्कदा काठमाडौंका सडकमा समेत सार्वजनिक सवारीसाधन पातलिएका छन् ।

ललितपुरको सातदोबाटोमा अन्य दिन सार्वजनिक सवारी साधनको निकै चाप हुन्थ्यो । तर, आज सर्वसाधारणलाई गाडी पाउनै मुस्किल छ ।

अनि, अरु बेला भ्याइ नभ्याई हुने ट्राफिक प्रहरीले पनि सुस्ताउने मौका पाएका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार आइतबारसम्म उपत्यकाबाट झण्डै ११ लाख मानिस बाहिरिएको प्रहरीको आकलन छ ।

दसैं मनाउन मानिसहरु थातथलो र्फकदा काठमाडौंका हुन सक्ने आपराधिक घटनाको निगरानीका लागि विशेष सुरक्षा योजना बनाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : 23 October 2023 8:48 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ