जनकपुरको धान खेतमा युवकको हत्या !


जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । शव पोष्टमार्टमका लागि प्रहरीले मुचुल्का बनाएर जनकपुरधामस्थित प्रादेशिक अस्पताल ल्याउने तयारी गरेको बुझिएको छ ।

मृतक युवकको पहिचान खुल्न नसकेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए । उनका अनुसार घटना शंकास्पद देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : 26 October 2023 11:38 AM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ