युएईले जित्यो त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि


काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तरराष्ट्रिय सिरिजको उपाधि संयुक्त अरब इमिरेट्स (युएई)ले जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटीङमा उत्रेको नेपालले एक सय ६३ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य युएईले ६ विकेट गुमाएर हासिल गरेको हो ।

नेपालले पाँचौँ, सातौँ, आठौँ, तेह्रौँ, सोह्रौ, सत्रौँ, अठारौँ ओभरमा विकेट गुमाएको थियो । यसअघि भएको लिगको खेलमा नेपाललले पहिलो खेलमा युएईलाई ७ विकेट पराजित गरेको थियो भने दोस्रो खेलमा ५ विकेटले हराएको थियो ।

कुशल भुर्तेलले २९ बलमा अर्धशतक बनाए भने दिपेन्द्रसिंह ऐरी १५ बलमा २०, कप्तान रोहित पौडेल १७ बलमा १८, आसिफ शेख १२ बलमा ८ कुशल मल्लले २ बलमा १, सन्दीप झोरा १० बलमा १०, गुलशन झा ८ बलमा ५, सोमपाल कामी ८ बलमा १३ रन बनाए भने करण केसीले १७ बलमा २३ रनको योगदान दिए ।

नेपालले यो खेल जितेर ह्याट्रिक जित निकाल्ने दाउमा थियो । तर, सिरिजका यसअघि सबै खेल जितेको नेपालले फाइनलमा हार्दा उपाधिविमुख भएको हो ।

त्यस्तै, नेपालले हङकङलाई पनि दुवै खेलमा पराजित गरेको थियो । नेपालले हङकङलाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।

प्रकाशित : २०८० कार्तिक १०, शुक्रबार १५:४३

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ