दुर्घटना न्यूनिकरण गर्न हुलाकी सडकमा ट्राफिक प्रहरी सक्रिय, जथाभावी गाडी नचलाउन अनुरोध


जयनाथ यादव,
नवराजपुर (सिरहा) : हुलाकी सडकमा दुर्घटना बढेपछि न्यूनिकरण गर्न ट्राफिक प्रहरी कार्यालय लहानले सक्रियता बढाएको छ ।

बढदै गरेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले हुलाकी सडक अन्तर्गत विभिन्न ठाउँमा स्थानिय पालिका र प्रहरीसँग समन्वय गरेर जनचेतना साथै ट्राफिक चेकिंङ गर्न सक्रियता बढाएको हो ।

हुलाकी सडक नयाँ निर्माण र जनचेतनाको अभावको कारण पछिल्लो समय दुर्घटना बढेको छ । एक सातामै सिरहाको हुलाकी सडकमा चार जनाको ज्यान गइरहेको छ । दर्जनौं घाईते भएका छन् ।

ट्राफिक चेकिङका साथै ट्राफिक नियम पालना गर्न÷गराउन चालकहरुसँग विन्ती गर्ने गरेको लहान ट्राफिकका प्रहरी प्रमुख इन्सपेक्टर डम्बर बहादुर पुरीले बताए । उनले भने– जथाभावि गाडी चलाइन् भने दुर्घटनाको सम्भावना न्यून हुन्छ । त्यसैले ट्राफिक नियमको पालना गराउन हुलाकी सडकमा सक्रियता बढाएका छौं ।

सडक दुर्घटना न्युनिकरण गर्न ठुलो चुनौती भएकोले ट्राफिक नियमको पालना सहित मोटरसाईकल वा स्कुटर चलाउँदा अनिवार्य रुपमा हेलमेट लगाउन इन्सपेक्टर पुरीको आग्रह छ ।

हुलाकी सडक अन्तर्गत सिरहादेखि बलानसम्म चार वटा ट्राफिक चेकिङ राख्दा सवारी दुर्घटना न्युनिकरण हुने उनको विश्वास छ । उनले भने– त्यसका लागि नवराजपुर गाउँपालिका मुख्य चौक सोनबर्षामा पनि ट्राफिक विट छिट्टै राखन लागेका छौं ।

नवराजपुर गाउँपालिका अध्यक्ष शिव उदगार यादवले हुलाकी सडकमा बढ्को दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीलाई पालिकाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताए । सर्वसधारणलाई उनको सुझाव छ– जीवन अमूल्य छ । जथाभावि गाडी नचलाऔं ।

प्रकाशित : २०८० मंसिर १३, बुधबार ०८:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ